PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

ज्वाला ढकालको एकल चित्रकला प्रदर्शनी शुरु



पहिलोपोस्ट

ज्वाला ढकालको एकल चित्रकला प्रदर्शनी शुरु

काठमाडौं: ज्वाला ढकालको एकल चित्रकला प्रदर्शनी शुरु भएको छ। बबरमहल आर्ट काउन्सिलमा शनिबार पर्यटन राज्य मान्त्री धनबहादुर बुढाले प्रदर्शनी उद्घाटन गरे। 

प्रयास नेपाल नामक अनाथ आश्रमका लागि कमिप्युटर ल्याब स्थापना गर्नका लागि ज्वालाले आफ्ना ११० चित्र बेच्न राखेकी छिन्। सेन्ट मेरिज स्कूलबाट एसइइ परिक्षा दिएर बसेकी उनले ५ देखि ७ वटा सम्म कम्प्युटर दिने योजना बताएकी छिन्। भनिन्,’आफूसँग भएको कलाको सदुपयोग गर्दै अरुलाई केही दिन खोजेकी हुँ। सबैको साथ र सहयोगको आशा राख्दछु।’ 

समारोहमा बोल्दै मन्त्री बुढाले भने,’समाज उत्थानका लागि १६ वर्षिया बालिकाले चालेको यो कदम हामी सबैको लागि एउटा संदेश हो। यो सकारात्मक अभियानका लागि हामी साथ रहन्छौं।’ उद्घाटन समारोहमा पूर्व सांसद गोविन्द ज्ञवाली र हरीप्रसाद उप्रेतीको पनि उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell