PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

‘द भ्वाइस’को डिजिटल अडिसन सम्पन्न



पहिलोपोस्ट

‘द भ्वाइस’को डिजिटल अडिसन सम्पन्न

कठमाडौं: ‘द भ्वाइस’को नेपाल डिजिटल अडिसन सकिएको छ। कार्यक्रमको स्थानीय आयोजक एएनसि इभेन्ट म्यानेजमेन्टले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरी पहिलो चरणको अडिसन सकिएको बारे जानकारी दिइयो। 

पहिलो अडिसनबाट छानिएकाहरुबाट अब प्रतिस्पर्धीहरुलाई दोस्रो चरणमा लगिनेछ। जसलाई निर्माण टिमले ‘ब्लाइन्ड अडिसन’को नाम दिएको छ। दोस्रो चरणमा पुग्नका लागि हुने अडिसन टिभीमा प्रशारण हुनेछ। तीमध्य केहीको प्रेरणादायी कथालाई भिडियोमार्फत देखाइने कार्यक्रम निर्माण सदस्य फिरोज तिम्सिनाले बताए।

ब्लाइन्ड अडिसनमा जजहरु गायक दिप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा रहनुहुनेछ। कार्यक्रम ब्लाइन्ड राउण्ड, ब्याटल राउण्ड र लाइभ सो गरेर तीन चरणमा समावेश हुने अनि अन्तिम चारजनाबाट एकजना भ्वाइस अफ नेपाल घोषणा गरिने आयोजकले जनाएको छ।

विश्वका १९१ राष्ट्रमा सफल प्रसारण भइरहेको सिङ्गिङ रियालिटी सो द भ्वाइसलाई लक्ष्मण पौडेलले निर्देशन गर्दैछन्।

 

विजेताले २५ लाख रुपैँया एउटा कार र २० लाख बराबरको एल्वम कन्टय्राक्ट एवं वल्र्ड टुरको मौता पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell