PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

एजेण्डा र नीति मिल्नेसँग पार्टी एकताः नयाँ शक्ति



पहिलोपोस्ट

एजेण्डा र नीति मिल्नेसँग पार्टी एकताः नयाँ शक्ति

काठमाडौँः नयाँ शक्ति पार्टी नेपालले मुद्दा, एजेण्डा तथा कार्यक्रम मिल्ने दलसँग मात्र पार्टी एकता गर्ने स्पष्ट पारेको छ। एकीकरणका विषयमा विभिन्न राजनीतिक दलसँग नयाँ शक्ति पार्टीको नाम जोडिएको भन्दै लक्ष्य विपरीतका कुनै पनि ध्रुवीकरणमा सामेल नहुने पार्टीले स्पष्ट पारेको छ।

प्रवक्ताद्वय डम्बर खतिवडा र प्रशान्त सिंहले विज्ञप्ति जारी गर्दै एजेण्डा र बिचार मिल्ने दलसँग कार्यगत एकता तथा एकीकरण हुन सक्ने जनाएका छन्। विज्ञप्तिमा भनिएको छ ‘मुद्दा वा एजेण्डा मिल्नेहरुसँग कार्यगत एकता, सहकार्य गर्ने र विचार, लक्ष्य, नीति, कार्यक्रम, शैली मिल्नेसँग एकता, ध्रुवीकरण गर्ने नयॉ शक्ति पार्टी, नेपालको स्पष्ट र घोषित नीति रहेको कुरा हामी पुनः जोड दिन चाहन्छौं।’

पार्टीले वैकल्पिक प्रगतिशील पार्टी निर्माण गर्ने उद्देश्यलाई हानी पुग्ने गरी कुनै प्रकारको ध्रुवीकरण, एकता वा विलयको प्रक्रियामा सामेल नहुने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell