PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

महाराजगञ्जमा जिपमा भेटियो पेस्तोल,  चालक प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

महाराजगञ्जमा जिपमा भेटियो पेस्तोल,  चालक प्रहरी नियन्त्रणमा

काठमाडौं : गएराति बसुन्धरामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भयो। बा३ च १६५४ नम्वरको जिप र बा ४० प ५७७७५ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक स्याङ्जा पुतलीबजार ३ घरभएका २६ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो।

ठक्कर दिने जिप चेकजाँच गर्ने क्रममा प्रहरीले गाडीबाट पेस्तोल बरामद गरेको छ। महानगरीय प्रहरी बतृ महाराजगञ्जबाट खटिएको टोलीले चालक सुमन थापालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

उनका साथबाट प्रहरीले 'Auto Pistol USA' लेखिएको पेस्तोल थान १, र '१K.F 7.65' लेखिएको म्याग्जिन एक थान तथा तीन राउण्ड गोली फेला परेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell