PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

सेन्ट जेभियर्स अन्तर कलेज बास्केटबलमा १३ टिम



पहिलोपोस्ट

काठमाडौं : सेन्ट जेभियर्स स्पोर्ट्स क्लबले पाँचौ सेन्ट जेभियर्स अन्तर कलेज बास्केटबल कप वैशाख २३ देखी जेठ ८ गते हुँदैछ। यस पटक पनि महिला र पुरुष दुवै विधामा खेल हुनेछ।

प्रतियोगितामा काठमाडौं उपत्यकाका ९ कलेजका १३ वटा टिमले सहभागिता जनाउँदैछन्। जसमा पुरुषतर्फ ९ र महिलातर्फ ४ वटा टिमले प्रतिस्पर्धा गर्नेछन्।

१६ दिन सम्म सञ्चालन हुने प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन गरिनेछ। प्रतियोगिता आयोजक सेन्ट जेभियर्स कलेजको कोर्ट, माइतीघरमा आयोजना हुनेछ। खेल विश्व बास्केटबल संघ (फिफा) को नियमअनुसार सञ्चालन हुनेछन्।

प्रतियोगिताको महिलातर्फको विजेताले ३० हजार रुपैयाँ र पुरुषतर्फको विजेताले नगद २४ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्। यस्तै, महिलातर्फको उपविजेताले २० हजार नगद रुपैयाँपुरुषतर्फको उपविजेताले १२ हजार नगद रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगिताको अनुमानित खर्च २ लाख ८८ हजार रुपैयाँ लाग्नेछ। प्रतियोगिताको सबै खर्च आयोजक सेन्ट जेभियर्स स्पोर्ट्स क्लबले बेहोर्ने छ।

साथै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले प्लेयर्स अफ टि टुर्नामेन्टले ट्रफी सहित जुजु वयर्सको  तर्फबाट जुजु वायर्सकै उत्पादन सामाग्री पुरस्कार स्वरुप प्राप्त गर्नेछ। साथै, म्यान अफ दि म्याचलाई पनि जुजु वयर्सको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। 

यस अघि चौथो संस्करणमा जोभियर्स इन्टरनेसनल कलेजले महिला र पुरुषदुवै टिमले उपाधि जितेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell