PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

गृहमन्त्रीको निर्देशनः ‘सिन्डिकेट गर्दिन भनेर कागज गराएर मात्र व्यवसायी छोड्नुस्’



पहिलोपोस्ट

गृहमन्त्रीको निर्देशनः ‘सिन्डिकेट गर्दिन भनेर कागज गराएर मात्र व्यवसायी छोड्नुस्’

काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेटको पक्षमा पक्राउ परेका व्यवसायीलाई साधारण रूपमा नछोड्न निर्देशन दिएका छन्। 

गृहमन्त्री थापाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सिन्डिकेट गर्दिन, सवारी कम्पनीमा दर्ता गर्छु, सवारी साधन चलाउँछु, सरकारलाई सहयोग गर्छु भन्ने कागज गराएर मात्र छोड्न निर्देशन दिएका छन्। 

गृहमन्त्री थापाले कागज गर्ने नमान्नेलाई अत्यावश्यक सेवा ऐन अन्तर्गत कारबाही गर्न समेत निर्देशन दिएका छन्। सिन्डिकेट पक्षधरलाई गृहमन्त्रीको निर्देशनपछि प्रहरीले शुक्रबारदेखि पक्राउ गरिरहेको छ।

प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष, महासचिव लगायतका सयभन्दा बढी व्यावसायीलाई पक्राउ गरेको थियो।




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell