PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

हुन्डी कारोबारी पक्राउः मोबाइलमा ३३ लाख रुपैयाँ कारोबारको रेकर्ड



पहिलोपोस्ट

हुन्डी कारोबारी पक्राउः मोबाइलमा ३३ लाख रुपैयाँ कारोबारको रेकर्ड

काठमाडौं: अवैध हुन्डीको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत जनसेवाबाट खटिएको टोलीले झापा शिवगंज गाउँपालिका वडा २ का २४ वर्षीय बिपिन उप्रेतीलाई पक्राउ गरेको हो।

शंका लागेर उप्रेतीको झोला जाँच गर्दा दश लाख चालीस हजार रुपैयाँ प्रहरीले फेला परेको थियो। उप्रेतीले प्रयोग गर्ने मोबाइलमा भएको जानकारी अनुसार अहिलेसम्म ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको देखिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहनकुमार थापाले बताए।

हुन्डीका मुख्य कारोबारी भने रमेश सिवाकोटी रहेको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell