
काठमाडौं: चलचित्र पत्रकारिता दिवसका दिन चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार तथा कलाकर्मीलाई सम्मान गर्ने भएको छ। जेठ ७ मा संघले मकवानपुरका २ पत्रकार र २ कलाकारलाई सम्मान गर्न लागेको हो ।
संघका अध्यक्ष मणीराज गौतमले चलचित्र पत्रकारिता पुरस्कारबाट जनता टेलिभिजनका रामकुमार एलनलाई नगद ५ हजार र राष्ट्रिय चलचित्र पत्रकारीता सम्मान २०७५ बाट राजधानी दैनिकमा कार्यरत डब्बु क्षेत्रिलाई नगद ११ हजार १ सय ११ रुपैयासहित सम्मान गरिने जानए।
त्यस्तै कलाकारीतातर्फ अभिनेत्री निता ढुंगाना र शुसान्त श्रेष्ठलाई सम्मान गरिनेछ। अघिल्लो वर्ष संघले पत्रकार शान्तिप्रिय र कलाकार भोलाराज सापकोटालाई पुरस्कार प्रदान गरेका थिए।