PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

'सुनकेशरी'को गीतमा सन्नी र लरेन



पहिलोपोस्ट

'सुनकेशरी'को गीतमा सन्नी र लरेन

काठमाडौं: नेपाली हरर फिल्म 'सुनकेशरी'को गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले गायक सनुप पौडेलको स्वर, कालीप्रसाद बास्कोटाको संगीत रहेको ‘मायाले छोई’ बोलको भिडियो सार्वजनिक गरेको हो। गीतमा कलाकार सन्नी ढकाल र लरेन फिचर्ड छन्। 

फिल्मको सम्पुर्ण छायाँकन अष्ट्रेलिया भएको हो। यसअघि फिल्मको टिजर र ट्रेलर सार्वजनिक भर्इसकेको छ। फिल्ममा सन्नी र लरेनसँगै ऋचा शर्मा , रविन्द्र झा को मुख्य अभिनय रहेको छ ।

अर्पण थापाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलार्इ भिम न्यौपाने , ऋचा शर्मा र शर्मिला  सापकोटाले निर्माण गरेका हुन्। फिल्म जेठ ११ मा प्रदर्शन हुनेछ।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell