
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १२ औं शताब्दीका मूर्तिहरुसहित तीन जनालाई पक्राउ गरेको छ। करोडौं मूल्य पर्ने १६ वटा मूर्तिहरुसहित तीन जना पक्राउ परेका हुन्।
समातिनेमा दीपकरत्न शाक्य, सुगत शाक्य र शिशिर शाक्य रहेका छन्। बहुमूल्य मूर्तिहरु विदेशमा पुर्याएर बिक्री गर्ने गरेको व्यूरोका प्रमुख डिआइजी पुष्कर कार्कीले बताए। उनका अनुसार एउटै मूर्ति उनीहरुले करोडौं रुपैयाँमा बिक्री गर्छन्।