PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

कोमल ओलीले गीत छाड्दा प्रधानमन्त्री दङ्ग



पहिलोपोस्ट

कोमल ओलीले गीत छाड्दा प्रधानमन्त्री दङ्ग

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धिको दिशामा अगाडि बढेको भन्दै अब नेपालमा गरिबी समेत नरहने बताएका छन्। 

एमाले संसदीय दलमा सांसदहरुलाई सम्बोधन गर्दै उनले अब नेपालमा हामी गरिब, हामी दरिद्र भन्ने गीत गाउनुनपर्ने समेत बताए। उनले त्यस्ता गीत समयअनुसार सकिँदै उल्लेख गरे। ‘हाम्रो देश मझौला आकारको विकासमा अलि पछाडि परेको हो। अब त्यस्ता गीतलाई पनि हामी छिट्टै अन्त्य गर्दैछौँ,’ उनले भने। 

उनले समय अनुसार परिवर्तन हुँदै जानुपर्ने समेत बताए। 

‘कोमल ओलीले पनि एउटा गीत छाड्नुभयो भन्ने कुरा सुनेको छु, अब त्यो चाहिँ गीत गाउँदिन भन्नुभयो भन्ने सुनेको छु। समयानुकल भएन होला,’ उनले भने, ‘हाम्रा छाप्रा... भन्ने गीत दुईचार वर्षपछि हुँदैन। उहिले उहिले नेपालमा छाप्राहरु थिए रे... भन्ने गीत हुन्छन्। हामी गरीब के खाउँ के लाउँ भन्ने कपडा छैन आङमा, टोपी छैन् शिरमा, जुत्ता छैन खुट्टामा... त्यस्ता गीत अब नेपालीले गाउन/रचना गर्न छाड्छन्।’ 

उनले निर्वाचनमार्फत् नयाँ सरकार त्यही परिवर्तन ल्याउन आएको समेत बताए। ‘हामी सरकारमा आउनुको कारण नै यही हो, धेरै कुराहरुलाई परिवर्तन गर्न हो। अब यी सबै कुरा इतिहास हुन्छन्। हामी यस अभियानमा छौँ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell