PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

वीरगंज भेट्रान्स गोल्डकपको उपाधी चितवनलाई



राधेश्याम पटेल

वीरगंज भेट्रान्स गोल्डकपको उपाधी चितवनलाई

वीरगंज : वीरगंजमा भएको प्रथम अन्तर्रराष्ट्रिय भेट्रान्स साईड गोल्डकप डे–नाईट फुटबल प्रतियोगिताको उपाधी चितवन भेट्रान्स क्लबले जितेको छ।

आदर्शनगर रंगशालामा शनिवार राती भएको फाइनल खेलमा अभिषेक चर्च रजहर भेट्रान्स क्लब नवलपरासीलाइ २-१ ले पराजित गर्दै चितवनले उपाधी उचालेको हो। चितवनका लागि दुवै गोल दिपक कार्कीले गरे भने नवलपरासीका लागि सुमीत क्षेत्रीले एक गोल गरे।

दिपकले १९औं मिनेटमा गोल गर्दै चितवनलाइ १-० को अग्रता दिलाएका थिए। तर खेलको ३२औं मिनेटमा नवलपरासीका सुमीतले गोल गर्दै खेल बराबरी गरे।

प्रतिस्पर्धात्मक खेलको खेल सकिनु एक मिनेट अघि दिपक कार्कीले व्यक्तिगत दोस्रो गोल गर्दै चितवनलाई उपाधि दिलाए।

उपाधीसंगै चितवनले एक लाख ११ हजार एक सय ११ रुपैया नगद र ट्रफी हात पारेको छ। उपविजेता नवलपासीले ५५  हजार पाच सय ५५ रुपैया नगद र ट्रफी प्राप्त गर्‍यो।

प्रतियोगिताको म्यान अफ दी सिरिज अभिषेक चर्च रजहर भेट्रान्स क्लब नवलपरासीका सुमीत क्षेत्री घोषित भए। उनले नगद ५ हजार रुपैया पुरस्कार प्राप्त गरे।

भेट्रान्स सिटि क्लब वीरगन्जको आयोजनामा ४० वर्ष भन्दा माथि उमेरका खेलाडीहरुलाई सहभागि गराइको प्रतियोगितामा नेपालका ११ र भारत बिहारको एक गरि कुल १२ टिमको सहभागीता रहेको थियो।

उपाधी विजेता चितवन र उपविजेता नवलपरासीलाइ प्रदेश नम्ब २ का मुख्यमन्त्री लालबाबु राउत  गद्धीले पुरस्कार प्रदान गरे। मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले खेलकुद र खेलाडीको विकासका लागि विशेष कार्यक्रम ल्याउने नीती बनाएको बताए। उनले प्रदेश २ मा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने उद्घोष गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell