काठमाडौं : जेठ ४ मा प्रदर्शन हुने फिल्म 'हैरान'को ट्रेलर सार्वजनिक भएको छ। विश्व कै कान्छा निर्देशक सौगात विष्ट निर्देशित फिल्मको ट्रेलरमा एक्सन, कमेडी, रोमान्स देख्न सकिन्छ।
फिल्ममा सत्यराज आचार्य , गजित विष्ट , मोहमदवसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ ।
डान्स फेभरको व्यानरमा निर्मित फिल्ममा गम्भीरको कथा/कोरियोग्राफी, स्वरूपराज आचार्य र सत्यराज आचार्यको संगीत रहेको छ।