PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

आइपीएल : राजस्थानलाई हराउँदै पञ्जाव शीर्ष स्थानमा, मुम्बईसँग कोलकता पराजित



पहिलोपोस्ट

आइपीएल : राजस्थानलाई हराउँदै पञ्जाव शीर्ष स्थानमा, मुम्बईसँग कोलकता पराजित

इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतवार भएको खेलमा किंग्स एलेभेन पञ्जाव र मुम्बई इन्डियन्स विजयी भएका छन्।

पञ्जावले राजस्थानलाई ६ विकेटले पराजित गर्दा मुम्बईले कोलकता नाइट राइडर्सलाई १३ रनले हरायो। जितपछि ९ खेलबाट १२ अंक जोडेको पञ्जाव तेस्रो स्थानमा उक्लेको हो। कोलकतालाई पराजित गरेपछि १० खेलबाट ८ अंक जोडेको मुम्बई पाँचौ स्थानमा उक्लेको छ। कोलकता १० अंकका साथ चौथोमा छ।

राजस्थानले दिएको १५३ रनको लक्ष्य पञ्जावले १८.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। पञ्जावको लागि ओपनर लोकेश राहुलले नटआउट ८४ रन बनाए। ४७ बल खेलेका राहुलले ७ चौका र ३ छक्का प्रहार गरे। करुण नायरले ३१ रनको योगदान गरे भने मार्कुस स्टोइनिस २३ रनमा नटआउट रहे। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ओपनर जोस बटलरको अर्धशतक मद्दतमा ९ विकेट गुमाएर १५२ रन बनाएको थियो। बटलरले ५१ रन बनाए। सन्जु सामसनले २८ तथा श्रेयास गोपालले २४ रन जोडे। पञ्जावका मुजिव उर रहेमानले ३ तथा आन्द्रे त्येले २ विकेट लिए।

अर्को खेलमा हार्दिक पाण्ड्याले अलराउण्ड प्रदर्शन गरेपछि मुम्बईले कोलकतालाई १३ रनले हरायो। 

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले सूर्य कुमार यादवको अर्धशतक मद्दतमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो। यादवले ५९ तथा एभिन लेविसले ४३ रन जोडे। हार्दिले नटआउट ३५ रन जोडे। कोलकतामा आन्द्रे रसेल सुनिल नारिनले २२ विकेट लिए। 

रविन उथापाले अर्धशतक बनाएपनि जवाफमा कोलकताले २० ओभर खेल्दा ६ विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो। उथापाले ५४ रन बनाए। नितिश रानाले ३१ रन जोडे भने कप्तान दिनेश कार्तिक ३५ रनमा नटआउट रहे।  मुम्बईका हार्दिकले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell