PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

एल क्लासिको बराबरीमा सकियो : मेसी, सुवारेज र रोनाल्डोको गोल



पहिलोपोस्ट

एल क्लासिको बराबरीमा सकियो : मेसी, सुवारेज र रोनाल्डोको गोल

स्पानिस ला लिगा अन्तर्गत बहुचर्चित एल क्लासिको खेलमा च्याम्पिन बनिसकेको बार्सिलोनजा र रियल मड्रिडले बराबरी खेलेका छन्। लियोनल मेसी, लुइस सुवारेज र क्रिस्टियानो रोनाल्डोले गोल गरेको खेल २-२ को बराबरीमा सकिएको हो। 

दश खेलाडीमा जरेको बार्सिलोना विरुद्ध रियलले दुई पटक पछि परेर पनि खेलमा पुनरागमन गरेको थियो।

घरेलु मैदाननोउ क्याम्पमा सुवारेजले १०औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यसको चार मिनेटपछि नै रोनाल्डोले रियलका लागि बराबरी गोल गरे। पहिलो हाफको इान्जुरी टाइममा सर्जि रोवर्टो सिधै रातो कार्ड खाएर मैदान बाहिरिएपछि बार्सिलोना दश खेलाडीमा झरेको थियो।

एक खेलाडी कम हुनका बावजुत पनि लियोनल मेसीले ५२औँ मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाएका थिए। तर गारेथ बेलले ७२औँ मिनेटमा रियललका लागि बराबरी गोल पर्काए।
 
बराबरीपछि बार्सिलोनाले यस सिजन ला लिगामा अपराजित यात्रालाई ३५ खेलसम्म पुर्‍याएको छ। 

यसअघि नै लिग उपाधि पक्का गरिसकेको बार्साको ३५ खेलबाट ८७ अंक छ। ३५ खेलबाट ७२ अंक जोडेको रियल तेस्रोमा छ। स्पानयोलसँग २-० ले पराजित भएको एट्लेटिको मड्रिड ३६ खेलबाट ७५ अंकका साथ दोस्रोमा छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell