PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

माओवादी संसदीय दलमा बजेटबारे छलफल



पहिलोपोस्ट

माओवादी संसदीय दलमा बजेटबारे छलफल

काठमाडौं : आज विहानबाट सुरु भएको नेकपा माओवादी (केन्द्र)को संसदीय दलको बैठकमा आगामी बजेटबारे छलफल भएको छ।

माओवादीका मन्त्रीहरुले बजेट बाडफाडका विषयमा सांसदहरुलाई जानकारी गराएका थिए।

बैठकमा बजेटमा माओवादी सांसदहरुको योजना तथा पार्टीका प्रदेश सांसदहरुलाई सहयोगका विषयमा समेत छलफल भएको छ।

दलको बैठकमा बजेटका विषयमा छलफल गरी भोलि बिहान ८ बजेसम्मका लागि स्थगित भएको माओवादी सांसद रामेश्वर राय यादवले पहिलोपोस्टलाई बताए।

यादवले भोलि माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पनि धारणा राख्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell