PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

प्रिमियर लिग : चेल्सीले लिभरपुललाई हराएपछि शीर्ष चारको होडमा ३ टिम, च्याम्पियन सिटीलाई ट्रफी प्रदान



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सीले लिभरपुललाई हराएपछि शीर्ष चारको होडमा ३ टिम, च्याम्पियन सिटीलाई ट्रफी प्रदान

लिग लिडर म्यानचेष्टर सिटीले घरेलु मैदानमा हडर्सफिल्डसँग गोलरहित बराबरी खेल्दै २ खेल अघि नै प्रिमियर लिगको ट्रफी उचालेको छ। यसअघि नै उपाधि पक्का गरिसकेको सिटीलाई गएराती यस सिजनको ट्रफी प्रदान गरिएको हो। सिटीले ३६ खेलबाट ९४ अंक जोडेको छ।

यस्तै पाँचौ स्थानको चेल्सीले तेस्रोस्थानको लिभरपुललाई १-० ले पराजित गरेपछि शीर्ष चारमा पर्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ। चेल्सीको लागि ओलिभर जिरुडले निर्णायक गोल गरे। 


चेल्सीको जितपछि तेस्रो स्थानको लिभरपुलसँगै टोटनहम र चेल्सी शीर्ष चारको बाँकी दुई स्थानका लागि प्रतिस्पर्धामा छन्। च्याम्पियन सिटी र म्यानचेष्टर युनाइटेडले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको छ।

चेल्सीसँग हारपछि ३७ खेलबाट ७२ अंक रहेको लिभरपुल तेस्रो स्थानमा यथावत नै छ। शीर्ष चारमा पर्न लिभरपुललाई बाँकी एक खेल जित्नैपर्ने बाध्यता छ। समान ३६ खेलपछि टोटनहम ७१ चौथो तथा चेल्सी ६९ पाँचौ स्थानमा छ।
 
यता घरेलु मैदानमा यस सिजनको अन्तिम लिग खेल खेलेको आर्सनलले बर्नलीलाई ५-० ले पराजित गर्दै अर्को सिजन युरोपा लिग पक्का गरेको छ। साथै यसै सजनको अन्त्यपश्चात क्लब छाड्ने घोषणा गरेका म्यानेजर आर्सनल वेंगरको समेत सुखद बिदाई भएको छ। 

आर्सनलको फराकिलो जितमा पिएरे एमरिक औवामेयाङले २ तथा सिद कोलासिनाक, एलेक्स इओवी र एलेक्जान्डर लाजकाटेले १-१ गोल गरे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell