
काठमाडौं : जवर्जस्ती धर्म परिवर्तन गराउन खोज्ने तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले कास्की मच्याङ्कोट गाउँपालिका वडा नम्वर ९ बस्ने ४१ वर्षीय सुमित्रा गौली, ३६ वर्षीय राधिका महर्जन र ४२ वर्षीय फूलदेवी भट्टराईलाई पक्राउ गरेको हो।
उनीहरुले चितवन भरतपुर नगरपालिका घर भएकी ३८ वर्षीय लक्ष्मी भट्टराईलाई गैरसरकारी संस्था एनजिओमा जागिर लगाइदिने भन्दै प्रलोभनमा परी धर्म परिवर्तन गर्ने लगाएका थिए। फूलदेवी भट्टराईले लक्ष्मीलाई 'राधिका महर्जनलाई भेटनु उनले जागिरको व्यवस्था गर्छिन' भनेकी थिइन्।
राधिकाले सीतापाइलास्थित एक चर्चमा लगेर सुमित्रालाई भेटाएको र इच्छा विपरित बाइवलको पाठ सुनाउँदै धर्म परिवर्तनपछि मात्र जागिर लगाइदिन्छु' भनी धर्मपरिवर्तन गर्ने लगाएको उजुरी लक्ष्मीले प्रहरीमा दिएकी छिन्।
मुलुकी ऐन, २०२० को अदलको महलको १ नम्बरमा अरुको धर्ममा खलल पर्ने गरी कसैले पनि कुनै धर्म परिवर्तन गर्न वा गराउन हुँदैन । सो कुराको उद्योगसम्म गरेको भएमा ३ वर्ष सम्म कैद हुने व्यवस्था रहेको छ।