
काठमाडौं : अभिनेत्री रेखा थापाको निर्देशनमा बन्ने फिल्म 'मालिका'को छायाँकन सुरु भएको छ। सोमवार गुहेश्वरी मन्दिरमा साइत गरेर फिल्मको छायाँकन सुरु भएको हो।
४० दिनको सेड्युल बनार्इ छायाँकन थालेको टिम सुटिङका लागि कोहलपुर, कर्णाली र भित्री मधेशम्म पुग्ने निर्देशक रेखाले जनाइन्। सामाजिक विषय केन्द्रित फिल्मले दाइजो प्रथा र बाल विवाहको प्रमुख समस्या समेत उठाउने पहिलोपोस्टसँगको फोन संवादमा उनले बताइन्।
रेखा फिल्मसको पाँचौ प्रस्तुती ‘मालिका’मा जाजारकोटकी कमला ओली मुख्य भूमिकामा देखिँदै छिन्। रेखा भन्छिन् 'मेरो फिल्मको हिरो नै हुन् - कमला। देशको अनुहार छोरीको आँखामा झल्किन्छ, म छोरीलार्इ लिएर फिल्म बनाउँदै छु,' उनले थपिन्।
फिल्मको प्रदर्शन मिति कार्तिक २१ लार्इ टार्गेट गरिएको छ।