PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

सुर्खेत जुवाडेमुक्त बनाउन विशेष अप्रेसन 



पहिलोपोस्ट

सुर्खेत जुवाडेमुक्त बनाउन विशेष अप्रेसन 

  • पूर्णबहादुर खड्का-

सुर्खेतः पछिल्लो समय जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवाडे ‘क्लिन स्वीप’ पार्न विशेष अप्रेसन शुरु गरेको छ। प्रहरीको अप्रेसनबाट जिल्लाका विभिन्न स्थानबाट धमाधम जुवाडेलाई पक्राउ गर्न थालेको छ। विशेष सुराकीको आधारमा सोमबार बिहान प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

दैलेख दुल्लु नगरपालिक–२ का हाल वीरेन्द्रनगर–४ भैरवस्थानमा प्रतिक होटल सञ्चालन गर्दै आएका होटल सञ्चालक ऐनबहादुर शाहीसहित पाँच जनालाई प्रहरी जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।  

पक्राउ परेकामा अछाम तुर्माखाँध गाउँपालिका–४ का डेकेन्द्र बुढा, दैलेख चामुण्डा बिन्दासैनी नगरपालिकाका– ९ का हर्क बहादुर थापा, दैलेख दुल्लु नगरपालिका–३ का अनिल कार्की, सोही ठाउँका छत्रबहादुर खड्का रहेका छन्। विशेष सुराकीका आधारमा जुवाको खालबाटै उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ। 

जुवा खालबाट तीन गड्डी तास, नगद ४९ हजार रुपैयाँ तीस र बिभिन्न कम्पनीका चार सेट मोबाईल फोन बरामद गरिएको छ। जिल्लामा अहिले जुवातासको विकृती बढ्दै गएकाले जुवाडेलाई ‘क्लीन स्वीप’ पार्न विशेष अप्रेशन थालिएको एसपी चर्तुवेदीले जानकारी दिए। 

प्रहरीले हिजो मात्रै ३५ हजार सहित ३ जनालाई जुवाको खालबाट पक्राउ गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell