PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

यातायात व्यवसायीले टेके घुँडा, सिन्डिकेट मुद्दामा सरकारको सफलता



दिनेश खड्का

यातायात व्यवसायीले टेके घुँडा, सिन्डिकेट मुद्दामा सरकारको सफलता

काठमाडौं : आन्दोलनमार्फत् सिन्डिकेट कायम राख्न खोज्ने यातायात व्यवसायी अन्तत सरकारसँग झुकेका छन्।

सरकारले सिन्डिकेट कायम राख्न आन्दोलन गर्ने व्यवसायीलार्इ धरपकड गर्न थालेपछि व्यवसायीले यातायात क्षेत्रको सिन्डिकेट हटाउन तयार हुँदै पाँच बुँदे सहमति गरेका छन्। सरकारसँग यातायात व्यवसायीले सार्वजनिक यातायात क्षेत्रलार्इ व्यवस्थित बनाउन चालिएको कदमको स्वागत गर्दै यातायात क्षेत्रको जुनसुकै प्रकारको सिन्डिकेट अन्त्य गर्ने सहमति गरेका हुन्।

सिन्डिकेटको खारेजीको विरुद्धमा आन्दोलनमा उत्रिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग सहमति गरेको हो। महासंघले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। महासंघले वैशाख २१  गते १ दिन र वैशाख २७ गतेदेखि अनिश्चितकालीन हड्तालको घोषणा गरेका थिए।

विगतमा आन्दोलनमार्फत् सरकारलार्इ घुँडा टेकाउने  गरेका व्यवसायी अहिले भने सरकारसँग घुँडा टेकेका छन्। सहमति अनुसार एउटा मात्रै सार्वजनिक गाडी भएका संचालकले पनि सवारी संचालन गर्न पाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell