PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

बलिउड अभिनेत्री करिश्मा काठमाडौंमा

बलिउड अभिनेत्री करिश्मा काठमाडौंमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बलिउड अभिनेत्री करिश्मा कपुरद्वारा दरवारमार्गमा रहेको मेरिगोल्ड(सयपत्री) ज्वेलर्सको नयाँ शोरुमको समुद्घाटन भएको छ। करिश्माले रिवन काटेसँगै शोरुमको औपचारिक उद्घाटन भएको हो।

हाल चौथो पुस्तामा हस्तान्तरण भएको मेरिगोल्ड नेपालको सबैभन्दा पुरानो गहना पसलको रुपमा परिचित छ । गहना निर्माण तथा व्यवसायमा करिब १०० वर्षको इतिहास बोकेको श्रेष्ठ परिवारद्वरा संचालित गहना पसल शुरुवाती चरणमा इन्द्रचोकबाट शुरु भएको थियो ।

मेरिगोल्ड ज्वेलर्सका संचालिक ज्योत्सना श्रेष्ठले कम्पनीले उच्च गुणस्तरका गहनाहरु बिक्री गरिरहेको र आगामी दिनमा नेपाली परम्परागत गहनाहरुलाई विश्व बजारमा लैजाने योजनामा रहेको बताइन्।

साथै श्रेष्ठले बलिउड कलाकार आउँदा नेपालको पर्यटन तथा संस्कृतिको प्रचार प्रसार हुने र नेपाली गहनाहरुको भारतीय बजारमा माग बढ्ने अपेक्षा गरेको बताइन्।



ट्रेन्डिङ पोस्ट

Ncell