PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

एसियन जुनियर जुडो च्याम्पियन खेल्न नेपाली टोली लेवनान जाँदै



पहिलोपोस्ट

एसियन जुनियर जुडो च्याम्पियन खेल्न नेपाली टोली लेवनान जाँदै

काठमाडौं : १२औँ एसियन क्याडेट तथा १९औँ एसियन जुनियर जुडो च्याम्पियनसिप-२०१८ नेपालका ६ खेलाडीले सहभागिता जनाउने भएका छन्।

यही मे ९ देखि १३ सम्म लेवनानमा हुने च्याम्पियनसिपमा ३ महिला र २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

घरेलु भूमिमा भएको दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा स्वर्ण जितेका इन्द्र बहादुर श्रेष्ठसहितको टोलीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

नेपालबाट अघिल्लो संस्करणमा कास्य जितेकी मनिता श्रेष्ठ प्रधानले ५७ केजीमुनी, इन्द्र बहादुर श्रेष्ठले ६६ केजी मुनी, सोनिया भट्टले ४४ केजी मुनी, पुनम श्रेष्ठले ७८ केजी मुनी र रोशन बहादुर दोङले ६० केजी मुनी प्रतिस्पर्धा गर्नेछन्। दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा उत्कृष्ट खेल प्रदर्शन गरेको आधारमा खेलाडी छनोट गरेको जुडो संघले जनाएको छ।

महिला ४४ केजीमूनि तौलसमूहकी सोनिया भट्टले क्याडेट च्याम्पियनसिपमा सहभागिता जनाउनेछिन् भने अन्य चार जनाले जुनियरतर्फ प्रतिस्पर्धा गर्नेछन्। 

प्रशिक्षकमा विदेशी प्रशिक्षक डान टेलेकेका र नेपाली प्रशिक्षक राजन कुमार श्रेष्ठ छन्। टोलीको व्यवस्थापकमा राजेश श्रेष्ठ छन्। यस्तै नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्ष जेयुए एजुकेशन र काता निर्देशकका रुपमा टोलीसँगै जानेछन्। एक खेलाडी र एक अफिसियल आज तथा बाँकी टोली भोली लेवनान जाने जुडो संघले जनाएको छ।

च्याम्पियनसिपमा सहभागी हुने ९ सदस्यीय टोलीलाई सोमवार राखेपका सदस्य सचिव केशव कुमार विष्टले बिदाई गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell