PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

एन्फा महासचिवमा इन्द्रमान, लिग कमिटी गठन



पहिलोपोस्ट

एन्फा महासचिवमा इन्द्रमान, लिग कमिटी गठन

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको महासचिवमा ए डिभिजन क्लब संकटाका अध्यक्ष इन्द्रमान तुलाधर नियुक्त भएका छन्।

एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाको नवनिर्वाचित कार्यमसितिको सोमवार बसेको बैठकले पूर्व सिइओ समेत रहेका तुलाधरलाई महासचिवमा नियुक्त गरेको हो। कोषाध्यक्षमा रविन्द्र जोशीलाई नियुक्त गरिएको छ।

यस्तै विज्ञानराज शर्माको संयोजकत्वमा लिग फुटबल सञ्चालन गर्न लिग कमिटी पनि गठन गरिएको छ। शर्मा पूर्व फुटबल खेलाडी तथा पूर्वएआइजी हुन्। यसैगरी एन्फा सदस्य किरण राईलाई प्रवक्ता चयन गरिएको छ।

गत शनिवार भएको एन्फा निर्वाचनबाट कर्मा छिरिङ शेर्पा अध्यक्षमा निर्वाचति भएका हुन् भने १७ सदस्यीय कार्यसमिति नै शेर्पा प्यानलबाट विजयी भएको थियो।

बुधवारै नवनिर्वाचित कार्यसमिति सदस्यले एन्फा हाउसमा पुगेर पदभार ग्रहण गरेका थिए। त्यसअघि युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनारले नवनिर्वाचित कार्यसमितिलाई सिंहदरबारमा भेटेर बधाई दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell