
न्हेमपेन्ह : कम्बोडियाको पूर्वी प्रान्तको क्रिटिए क्षेत्रमा चामलबाट बनेको घरेलु मदिराको सेवनबाट कम्तीमा ११ व्यक्तिको मृत्यु भएको छ।
कम्बोडियाको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यस्तो मदिरा विषाक्त भएकाले सेवन गर्ने ११ जनाको ज्यान गएको जनाइएको छ।
उक्त मदिरा सेवनका कारण अन्य १ सय ३८ व्यक्ति बिरामी भई अस्पताल भर्ना भएका छन्।
चिटबोरे जिल्लाको स्रेनोन र आलोच गाउँको कान्टुओट समुदायका मानिस मदिराका कारण ज्यान गुमाउनेमा परेका हुन्।
सो मदिरा सेवनपछि पेट दुख्ने र वान्ता हुने जस्ता समस्या आएको थियो। उनीहरुलाई अस्पताल लगिए पनि ११ जनाको त्यही मृत्यु भएको बताइएको छ।
- सिन्ह्वा/रासस