PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

सप्तरीको भारदहमा ट्र्याक्टर दुर्घटनाः एक बालकको मृत्यु, १९ जना घाइते



पहिलोपोस्ट

सप्तरीको भारदहमा ट्र्याक्टर दुर्घटनाः एक बालकको मृत्यु, १९ जना घाइते

राजविराजः पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा सोमबार साँझ ट्र्याक्टर पल्टिँदा एकजना बालकको मृत्यु भएको छ भने अन्य १९ जना व्यक्ति घाइते भएका छन्।

मृत्यु हुनेमा सुनसरी जिल्ला इनरुवा नगरपालिका–३ निवासी ८ वर्षीय बालक अभिनाष शर्मा रहेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ।

सोही दुर्घटनामा परी करीब १९ जना व्यक्तिसमेत घाइते भएका छन् । दुर्घटनाबाट गम्भीर घाइते भएकाको विराटनगरस्थित न्यूरो अस्पताल र सामान्य घाइतेको भारदहस्थित शिव उपचार क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सप्तरीको छिन्नमस्ता सखडा मन्दिर दर्शन गरी सुनसरीको इनरुवा जाँदै गरेका यात्रु चढेको को १ त ९७७१ नम्बरको ट्र्याक्टर हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित राजमार्गमा आफैँ अनियन्त्रित हुँदा पल्टेको थियो।

यता दुर्घटनामा परेको ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell