PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

'कुम्भ करण' अस्ट्रेलियामा प्रदर्शन हुने



पहिलोपोस्ट

'कुम्भ करण' अस्ट्रेलियामा प्रदर्शन हुने

काठमाडौँ: पछिल्लो समय नेपाली फिल्म विदेशमा प्रदर्शन गर्ने ट्रेन्ड बढ्दो देखिन्छ। पछिल्ला केही फिल्म झैं 'कुम्भ करण'को पनि विदेश प्रदर्शन हुने भएको छ। आकाश पल इन्टरटेनमेन्टको प्रस्तुतीमा बनेको फिल्म अष्ट्रेलियामा प्रदर्शन हुने भएको हो।

ग्लोबल मिडिया रिसर्च सेन्टरको तर्फबाट गणेश मल्ल ठकुरीसँगको सम्झौतामा अष्ट्रेलियाको कपी राइट्स १२ लाखमा फिल्म बिक्री गरिएको निर्माण टिमले जनाएको छ।

फिल्म असार ८ गते नेपाल र अस्ट्रेलियामा एकसाथ प्रदर्शन हुनेछ। फिल्ममा गौरव पहारी, निशा अधिकारी, भोला सापकोटा, अभय बराल, आकाश पल, प्रमोद अग्रहरी, कमल, सदभाव थापा लगायतको मुख्य अभिनय रहेको छ ।

दीपक ओली निर्देशित फिल्मलार्इ बिजय श्रेष्ठ, गिर प्रसाद घर्तीमगर, चित्र बहादुर घर्तीमगर र क्षितिज बस्नेतले मिलेर निर्माण गरेका हुन् ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell