PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

मोदी चढ्ने दुई कार एयरपोर्टमा ल्यान्डेड



सविन ढकाल

मोदी चढ्ने दुई कार एयरपोर्टमा ल्यान्डेड
मोन्टाज गरिएको फाइल फोटो

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि प्रयोग हुने दुईवटा बुलेट प्रुफ गाडी नेपाल ल्याइएको छ। भारतीय वायु सेनाको कार्गो विमानबाट मंगलवार बिहान गाडी ल्याइएको हो।
 
आगामी शुक्रवार भारतीय प्रधानमन्त्री मोदी पटनाको बाटो हुँदै जनकपुर आउँदैछन्। प्रधानमन्त्री मोदीको सुरक्षाका लागि नेपाल आउँदा भारतबाट नै बुलेटप्रुफ गाडी ल्याउँदै आएको छ। ४१ सुरक्षाकर्मीसहित आएको भारतीय वायु सेनाको विमान गाडी उतारेर फर्किएको छ। मोदीका लागि बिएम डब्लु र ल्यान्डरोभर ल्याएको हो।

भारतीय अधिकारीसहित गाडी उतारिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दियो।

हिजो भारतीय हवाई सेनाले जनकपुरमा आएर मोदीको भ्रमणपूर्वको सुरक्षा अवलोकना गरेको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell