PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

‘ओपन टु मोर’ संदेशका लागि सांगीतिक अभियान



पहिलोपोस्ट

‘ओपन टु मोर’ संदेशका लागि सांगीतिक अभियान

काठमाडौं: डेनिस ब्राण्ड टुर्बोगले नयाँ सांगितिक ट्र्याक बनाउन सांगीतिक अभियान चलाउने भएको छ। ख्याती प्राप्त कलाकार 'डिप्लो' र 'मो'बीचको सहकार्यमा विभिन्न सांगितिक प्रभावहरु खोजेर नयाँ सांगितिक ट्रयाक बनाउने नेपालस्थित गोर्खा ब्रुअरीले बताएको हो।

दोस्रोपटक आयोजना हुने यो कार्यक्रममा नेपाली कलाकारले समेत सहकार्य गर्नेछन्। नेपाली गायक र गीतकारले इटालीको लेभान्टेमा हुने अभियानमा नेतृत्व गर्ने कम्पनीले जनायो। विश्वव्यापी सन्देश भएको गीत तर कथा भने विश्वभरका प्रत्येक सहयोगी कलाकारले आफ्नो स्थानीय संस्कृति र विविधता झल्काउने आफ्नै शब्दहरुका साथ भन्ने कम्पनीले जनाएको छ।

अमेरिकी निर्माता तथा डिजे ‘डिप्लो’ र डेनमार्कका कलाकार ‘मो’ मिलेर ‘स्टे ओपन’नामक ट्र्‍याक रचना गरेका छन्। एमटिभी इएमए २०१७ मा वेष्ट रसियन अर्वाडको उपाधी जितेका डिजे तथा गायक इभान र्डोन र भारतका विशाल डढलानी समेत यो कार्यक्रममा सहभागी हुँदैछन्।


टुबोर्गका अन्तर्राष्ट्रिय बजार प्रबन्धक मिलन शाहका टुबोर्ग ओपन अभियानमार्फत विश्वभरका मानिसहरुलाई ‘ओपन टु मोर’का लागि प्रोत्साहन गरिनेछ। भने,'जिज्ञासु हुन, वरिपरिको संसार घुम्न, नयाँ अनुभवहरु संकलन गर्न र अरुसँग बाड्न प्रोत्साहन गर्नेछौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell