
काठमाडौं : 'प्रेमलीला' अभिनेत्री दीपशिखा खड्काले आफनो कपाल मुण्डन गरेकी छिन्। फिल्म कै लागि मुण्डन गरेपनि आफुले यसको रहस्य भन्न नमिल्ने उनले बतार्इन्।
पोखरामा एक गीतको छायाँकन सकेर निर्माण टिम काठमाडौं फर्केको छ। गीतमा बलिउड गायक राजा हसनको स्वर रहेको छ। फल्मकी निर्मात्री समेत रहेकी दीपशिखाले फिल्मको माग अनुसार नै हिन्दी गीत फिल्ममा राखिएको बतार्इन् । फिल्मका लागि भारतदेखि कलाकार अली खान नेपाल आएका छन्।
उनले नेपाली फिल्ममा अभिनय गर्न पाउँदा निकै खुशी लागेको बताएका छन्। फिल्मलार्इ जनक पाण्डेले निर्देशन गर्दैछन्। फिल्ममा दीपशिखा र अलीसँगै सुरज तमु र रेखा शाहको मुख्य अभिनय रहेको छ।
फिल्ममा पवन गौतमको छायाँकन, महेश खड्का, नबिन कार्की र रविराज शाहको संगीत रहेको छ।