PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

संवैधानिक निकायमा सरकारको दुई तिहाइ दम्भ : रामचन्द्र पौडेल



पहिलोपोस्ट

संवैधानिक निकायमा सरकारको दुई तिहाइ दम्भ : रामचन्द्र पौडेल

पोखरा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाइको बलमा सरकारले संवैधानिक अंगहरुमा राजनीति गर्ने खोजेको आरोप लगाएका छन्। 

सरकारले अख्तियार, अदालत लगायतका संवैधानिक अंगहरुलाई खबरदारी गरेर सत्ताको दुरुपयोग गरेको पौडेलले बताए।

वीपी चिन्तन प्रतिष्ठान प्रदेश नम्बर ४ को आयोजनामा पोखरामा आयोजित अन्तरसम्वाद कार्यक्रममा नेता पौडेलले सरकारले सत्ताको आडमा संवैधानिक अंगहरुलाई प्रहार गरे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए। उनले कांग्रेसले सत्तासँग त्यस्ता प्रवृत्तिका विरुद्ध लड्ने बताए।

नेपाली कांग्रेसले आफूले गरेका राम्रा कामको प्रचार गर्न नसक्दा निर्वाचनामा हार बेहोर्नुपरेको उनको भनाई थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell