PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

'मोदीले माफ मागून्, नागरिक अभिनन्दन नभनियोस्'



पहिलोपोस्ट

'मोदीले माफ मागून्, नागरिक अभिनन्दन नभनियोस्'

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणमा उनले माफी माग्नुपर्ने माग नागरिक अभियन्ताहरुले राखेका छन्। साथै उनीहरुले मोदीलाई गरिने सम्मानलाई 'नागरिक अभिनन्दन' नभनियोस् भनेका छन्।

विज्ञप्ति जारी गर्दै २४ नागरिक अभियन्ताहरुले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच दिल्लीमा भएको एक्लाएक्लै भेटमा भएका कुरासमेत सार्वजनिक हुनुपर्ने जनाएका छन्।  

उनीहरुले नेपाल भारत सम्बन्धको केवल औपचारिक पाटो मात्रै नरहेको जनाउँदै सरकारीस्तरमा मात्र सम्बन्ध सुधारले नपुग्ने जनाएका छन्। 
'नेपालको संविधान जारी भएलगतै र भूकम्पको पीडामा सिंगो मुलुक आहत भएको अवस्थामा मोदी सरकारबाट नेपाल माथि १ सय ३५ दिनसम्म नाकाबन्दी लगाई मानवीय संकटको स्थितिमा नेपाललाई पुर्‍याउने काम भयो, त्यसलाई नेपाली नागरिककाले भुल्न सकेका छैनन्,' सामुहिक वक्तव्यमा उनीहरुले भनेका छन्,' चिसिएको नेपालसँगको सम्बन्धलाई सुधार गरी गाढा बनाउन चाहन्छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो आसन्न नेपाल भ्रमणको क्रममा नेपालीहरुसँग सार्वजनिक रुपमै क्षमा याचना गर्नै पर्दछ।'

साथै नाकाबन्दीका कारणबाट नेपाल माथि भएको मानवीय संकट र व्यापार घाटाको छानबिन गर्न तयार हुनुपर्ने र क्षतिपूर्ति दिन तयार हुनुपर्ने माग गरिएको छ। 

'यी कुराको निश्चितताविना मोदीजीलाई गरिने अभिनन्दनलाई नागरिक अभिनन्दन नभनियोस्,' भनिएको छ।

यी हुन् ध्यानाकर्षण गराउने व्यक्तिहरु :
१. बरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी

२. सामाजिक अभियन्ता डा. द्वारिकानाथ ढुङ्गेल 

३. बरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी

४. बरिष्ठ समाजसेवी तथा राजनीतिज्ञ चैतेन्द्र जङ्ग हिमाली

५. प्रा. डा. सुरेन्द्र के सी.

६. बरिष्ठ सामाजिक अभियन्ता रत्न शंसार श्रेष्ठ

७. बरिष्ठ सामाजिक अभियन्ता डा. अरुणा उप्रती  

८. बरिष्ठ पत्रकार ध्रुवहरी अधिकारी

९. बरिष्ठ सामाजिक अभियन्ता पूर्व प्रशासक सुकदेव भट्टराई   

१०. पुर्व सचिव श्याम प्रसाद अधिकारी

११. प्रा. डा. माधव गौत्तम

१२. पूर्व मन्त्री तथा सामाजिक अभियन्ता दिपक ज्ञवाली

१३. सामाजिक अभियन्ता रतन भण्डारी

१४. सामाजिक अभियन्ता तथा पुर्व प्रशासक पुष्पप्रसाद लुईटेल

१५. सामाजिक अभियन्ता तथा पुर्व प्रशासक डा. जगदिश बराल

१६. सामाजिक अभियन्ता तथा पुर्व प्रशासक शिव प्रसाद शर्मा

१७. सामाजिक अभियन्ता कृष्ण प्रसाद देवकोटा

१८. सामाजिक अभियन्ता देवी दास कोइराला

१९. सामाजिक अभियन्ता उद्यव ढुङ्काना 

२०. सामाजिक अभियन्ता विश्वनाथ उप्रेती

२१. सामाजिक अभियन्ता जय प्रकाश भुसाल

२२. सामाजिक अभियन्ता भोलानाथ कंडेल

२३. सामाजिक अभियन्ता द्वारिका प्रसाद शर्मा

२४. सामाजिक अभियन्ता द्वारिका प्रसाद शर्मा

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell