PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

इन्टरनेशनल सोलिडारिटी आर्चरी च्याम्पियनसिपको टिम रिकर्भमा नेपाल फाइनलमा



पहिलोपोस्ट

इन्टरनेशनल सोलिडारिटी आर्चरी च्याम्पियनसिपको टिम रिकर्भमा नेपाल फाइनलमा

काठमाडौं : आइएसएस इन्टरनेशनल सोलिडारिटी आर्चरी च्याम्पियनसिप नेपालको पुरुष टोली टिम रिकर्भको फाइनलमा प्रवेश गरेको छ।

बंगलादेशमा भइरहेको च्याम्पियनसिपमा नेपालले साउदी अरेवियालाई सुटआउटमा २७-२५ ले पराजित गरेको हो। रेगुलेसन प्लेमा दुवै टोलीले ४-४ मा सकिएपछि सुटआउटबाट नतिजा आएको हो। रोशन नगरकोटी, टिका पुन मगर र असिम शेरचन सम्मिलित नेपाली पुरुष टोली फाइनल पुगेको हो।

नेपालले अब बुधवार फाइनलमा बंगलादेशसँग खेल्नेछ। बंगलादेशको ढाकामा भइरहेको दोस्रो च्याम्पियनसिपमा नेपालका ९ खेलाडीले सहभागिता जनाएका छन्।

उनीहरुले रिकर्भ पुरुष, कम्पाउण्ड पुरुष र कम्पाउण्ड महिला विधामा प्रतिस्पर्धा गर्दैछन्।

च्याम्पियनसिपमा २० राष्ट्रले सहभागिता जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell