PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

एसियन महिला सर्कल कबड्डी च्याम्पियनसिपमा नेपाली महिला टोलीले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

एसियन महिला सर्कल कबड्डी च्याम्पियनसिपमा नेपाली महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौं : प्रथम एसियाली महिला सर्कल कबड्डी च्याम्पियनसिपमा नेपाली महिला टोलीले प्रतिस्पर्धा गर्ने भएको छ। च्याम्पियनसिपमा भाग लिन १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बुधवार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्दैछ।

मेणुकाकुमारी राजवंशीको कप्तानीमा रहेको नेपाली टोलीमा हरिना थापा, सवित्रा बस्नेत, मानमति विष्ट, कल्पना थापा, केली गुरुङ, अन्जु कुलुङ राई, सन्जना तामाङ, भुवनेश्वरी जोशी, कमला थापा, नितु गुरुङ र फुपा लोप्चन रहेका छन्।

दक्षिण एसियाली मुलुक बाहिर नेपाली महिला कबड्डी टोलीले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको अखिल नेपाल कबड्डी संघले जनाएको छ।

टोलीको प्रशिक्षकमा पशुपति प्रजापति, सहायक प्रशिक्षकमा पार्वती राई, व्यवस्थापकमा सुन्दर प्रजापति र अफिसियलमा कुमार आले छन्।

च्याम्पियनसिप मे ११ देखि १३ तारिखसम्म सञ्चालन हुनेछ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापालगायतले मंगलवार बिदाइ गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell