
दमक : सशस्त्र प्रहरीको एपीएफलाई पराजित गर्दै नेपाल पुलिस क्लब दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
झापाको दमकमा मंगलवार भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले एपीएफलाई १-० ले पराजित गरेको हो। पुलिसका लागि खेलको ३८औं मिनेटमा निरकुमार राईले गोल गरे। त्यही गोल नै पुलिसको जितमा निर्णायक बन्यो।
खेलमा एकमात्र गोलकर्ता पुलिसका निरकुमार राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ११ हजार प्राप्त गरे।
जितसँगै पुलिसले बुधवारको खेलको विजेतासँग शुक्रबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल खेलमा बुधवार त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ।