PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

आइपीएल : लोकेश राहुलले नटआउट ९५ रन बनाए पनि पञ्जाव पराजित, राजस्थानको चौथो जित



पहिलोपोस्ट

आइपीएल : लोकेश राहुलले नटआउट ९५ रन बनाए पनि पञ्जाव पराजित, राजस्थानको चौथो जित

आइपीएलमा मंगलबार भएको खेलमा राजस्थान  रोयल्सले किंग्स एलेभेन पञ्जावलाई १५ रनले पराजित गरेको छ। ओपनर लोकेश राहुलले पूरा २० ओभर खेल्दै नटआउट ९५ रन बनाए पनि पञ्जावले १५९ रनको लक्ष्य भेट्न सकेन।

सिजनको चौथो जितपछि १० खेलबाट ८ अंक जोडेको राजस्थान अंक तालिकामा छैटौँ स्थानमा उक्लेको छ। उसले प्लेअफ सम्भावना कायम राखेको छ। समान खेलबाट १२ अंक रहेको पञ्जाव तेस्रो स्थानमा यथावत छ।

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले ओपनर जोस बटलरको अर्धशतक मद्दतमा ८ विकेट गुमाएर १५८ रन बनाएको थियो। बटलरले ५८ बल खेल्दै ९ चौका र १ छक्काको मद्दतमा ८२ रन बनाए। सन्जु सामसनले २२ रन जोडे। बलिङमा पञ्जावका आन्द्रे त्येले ४ तथा मुजिव उर रहेमानले २ विकेट लिए।

१५९ रनको लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो। पञ्जावका लागि ‌ओपनर लोकेश राहुलले नटआउट ९५ रन बनाए पनि अन्य खेलाडीले गतिलो साथ नदिँदा पराजित भयो। राहुलले ७० बल खेल्दै ११ चौका र २ छक्का प्रहार गरे। पञ्जावका ६ खेलाडीले दोहोरो अंक छुन सकेनन्।

बलिङमा राजस्थानका कृनप्पा गोवथामले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell