PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

प्रिमियर लिग: साउथह्याम्पटनले स्वान्सीलाई हराएपछि वेष्टब्रोम रेलिगेशनमा



पहिलोपोस्ट

प्रिमियर लिग: साउथह्याम्पटनले स्वान्सीलाई हराएपछि वेष्टब्रोम रेलिगेशनमा

प्रिमियर लिग अन्तर्गत गएराति भएको एकमात्र खेलमा साउथह्याम्पटनले स्वान्सी सिटीलाई १-० ले हरायो। उक्त खेलको नतिजापछि मैदानमै नउत्रिए पनि वेष्टब्रोम एक खेल खेल्न बाँकी छदै रेलिगेशनमा परेको छ।

सिजनको ३७ खेल समाप्तिपछि ३१ अंक मात्र रहेको वेष्टब्रोम रेलिगेशन जोन भन्दा ५ अंकले टाढा छ। वेष्टब्रोमले अब बाँकी एक खेल जिते पनि पुछारको ३ स्थान भन्दा माथि पुग्नेछैन।

यसअघि नै स्टोक सिटी रेलिगेशनमा परिसकेको छ। स्टोकको ३७ खेलबाट ३० अंक छ।

स्वान्सीलाई हराएपछि साउथह्याम्पटन भने रेलिगेशन बाट जोगिएको छ। ३७ खेलबाट ३६ अंक रहेको साउथह्याम्पटन राम्रो गोल अन्तरमा १६औँ स्थानमा छ। ३६ खेलबाट ३६ अंक नै रहेको हडर्सफिल्ट १७औँ स्थानमा छ र एक अंक मात्र जोडे पनि उसले रेलिगेशन जोगाउँनेछ।

यस्तै साउथह्याम्टनसँग हारेपछि स्वान्सीलाई भने रेलिगेशनको दबाब छ। ३७ खेलबाट ३३ अंक रहेको स्वान्सी पुछारबाट तेस्रोमा छ।

यस सिजनको प्रिमियर लिग उपाधि यसअघि नै म्यानचेष्टर सिटीले जितिसकेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell