PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

पिएसजीले जित्यो कोपा डे फ्रान्सको उपाधि



पहिलोपोस्ट

पिएसजीले जित्यो कोपा डे फ्रान्सको उपाधि

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले तेस्रो श्रेणीको क्लब लेस हर्बियर्सलाई पराजित गर्दै कोपा डे फ्रान्सको उपाधि जितेको छ। यससँगै पिएसजीले एकै सिजनमा ३ घरेलु उपाधि जितेर ‘डोमेस्टिक ट्रेबल’ पूरा गरेको छ।

पिएसजीले फाइनलमा लेस हर्बियर्सलाई २-० ले पराजित गर्दै १२औँ पटक कोपा डे फ्रान्सको उपाधि जितेको हो। यस्तै पिएसजीले कोपा फ्रान्सको उपाधि जितेको यो लगातार चौथो पटक हो। मार्सेले १० पटक यो उपाधि जितेको छ। यससँगै पिएसजीले कोपा डे फ्रान्समा अपराजित यात्रा ४२ पुर्‍याएको छ। सन् २०१४ को जनवरी यता पिएसजी यस प्रतियोगितामा हारेको छैन।

पिएसजीका लागि गिओभानी सेल्सो र एडिनसन कभानीले एक-एक गोल गरे।

पिएसजीले यस सिजनको फ्रेन्च लिग वान र फ्रेन्च लिग कप जितिसकेको छ।

पिएसजीले उपाधि जित्दा टिमका स्टार खेलाडी नेमारले मैदानबाहिरबाट खेल हेरेका थिए। चोटका कारण फेब्रुअरी देखि नेमारले फुटबल खेलेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell