PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

बुद्ध मूर्ति बिक्री गर्दै हिँडेका तीन जना प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

बुद्ध मूर्ति बिक्री गर्दै हिँडेका तीन जना प्रहरी नियन्त्रणमा

नुवाकोटः बुद्धको मूर्ति बिक्री गर्दै हिँडेका तीनजनालाई यहाँको प्रहरीले चोरी अभियोगमा अनुसन्धान सुरु गरेको छ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा प्रहरीले आइतबार जाँच गर्ने क्रममा बरामद गरेको चार किलोग्राम तौलको बुद्धको मूर्तिसहित पक्राउ परेकालाई मंगलबार अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।

नुवाकोटको विदुर नपा–९, तुप्चेका २४ वर्षीय सञ्जीव बानियाँलाई बा ६० प ३९०६ नम्बरको स्कुटरको डिकीमा लुकाएर बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा काठमाडौँ प्रहरीले बुद्धको मूर्ति बरामद गरेको थियो।

अनुसन्धानको क्रममा उक्त मूर्ति बिक्री गर्न संलग्न एकै स्थानका २२ वर्षीय सञ्जय तामाङलाई काठमाडौँ प्रहरीले पक्राउ गरी कारबाहीका लागि सोमबार नुवाकोट प्रहरीलाई बुझाएको थियो।

यहाँको प्रहरीले अनुसन्धान गर्ने क्रममा मूर्ति बिक्रीका लागि ग्राहक खोजेर पठाउने मुख्य योजनाकार सोही स्थानका २१ वर्षीय धनसिङ तामाङलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ।

बुद्धको मूर्ति ओसारपसारमा संलग्नलाई पुरातात्विक ऐनअनुसार कारबाही हुने भए पनि पुरातत्व विभागमार्फत पहिचान गराउन बाँकी रहेकाले तत्काल चोरी अभियोग लगाइएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार उक्त मूर्ति उनीहरुले चोरी गरी बिक्रीको लागि लैजाँदै गरेको प्रहरीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell