PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

राष्ट्रियसभा बैठक आज पनि बस्दै



पहिलोपोस्ट

राष्ट्रियसभा बैठक आज पनि बस्दै

काठमाडौँः राष्ट्रियसभा बैठक आज पनि बस्दैछ। बैठकमा यसअघि पेस भएको चारवटा अध्यादेश पारित गर्ने कार्यसूची रहेको छ। दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ

सरकारले संसद् अधिवेशन नभएका बेला जारी गरेका चार अध्यादेश दोस्रो अधिवेशनको पहिलो बैठकमा पेस गरेको थियो। जसमा चिकित्सा शिक्षा अध्यादेश, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, बेपत्ता पारिएका व्यक्तिको खोजविन, सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद थपसम्बन्धी अध्यादेश र संघीय संसद्का महासचिव, सचिवको सेवा सुविधा सम्बन्धी अध्यादेश रहेका छन्। 

यस्तै, आजको बैठकमा राष्ट्रियसभा नियमावली दफाबार छलफलका लागि पेस हुनेछ।
 
यस्तै अर्थमन्त्रीले आर्थिक वर्ष ०७५/०७६ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेस गर्ने सम्भावित कार्यसूची छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell