PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

मोदीको सुरक्षामा भारतीय सेनाको रेकीः ८६ जनाको कमाण्डो टोली नेपालमा



पहिलोपोस्ट

मोदीको सुरक्षामा भारतीय सेनाको रेकीः ८६ जनाको कमाण्डो टोली नेपालमा

काठमाडौँः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार र शनिबार हुन लागेको भ्रमणमा सुरक्षाका लागि भारतीय सेनाको कमाण्डो टोली नेपाल उत्रिएको छ। सुरक्षा प्रबन्ध मिलाउन भन्दै टोली नेपाल आएको हो। 

सोमबार र मंगलबार गरी भारतबाट ८६ जनाको कमाण्डो टोली नेपाल आएको हो। टोलीले प्रधानमन्त्री मोदी आउने जनकपुर, काठमाडौँ र मुस्ताङको सुरक्षा व्यवस्थाको अनुगमन गरिरहेको गृह स्रोतले जानकारी दिएको छ।

८६ जनाको सुरक्षा कमाण्डो टोलीमध्ये २५ जना जनकपुर, १५ जना मुस्ताङ र बाँकी काठमाडौँमा रहेका छन्।

भारतीय वायुसेनाको विमानमार्फत् २५ जनाको कमाण्डो टोली  जनकपुरमा सुरक्षा व्यवस्थाबारे काम गरिरहेको नेपाल प्रहरीका डिआइजी ठुले राईले बताए।

पहिलोपोस्टसँगको कुराकानीमा डिआइजी राईले भने ’सबै सुरक्षा व्यवस्था नेपाल सरकारले गरे पनि उनीहरू भ्रमणको दिन सुरक्षा रेकी गर्न मात्र आएका हुन्। हाम्रो सम्पूर्ण सुरक्षा तयारी पूरा भइसकेको छ।‘

जनकपुरमा मात्रा मोदीका लागि सात हजारभन्दा बढी सुरक्षाकर्मी खटाइने भएको छ। पाँच घेरा गरेर प्रधानमन्त्री मोदीको सुरक्षा व्यवस्था मिलाइएको छ।

भ्रमणको समयमा मोदी चढ्ने बुलेट प्रुफ गाडी समेत भारतबाटै आइसकेको छ। मंगलबार बिहान भारतीय वायुसेनाको विमानबाट दुई वटा बुलेट प्रुफ कार ल्याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell