PahiloPost

Dec 12, 2025 | २७ मंसिर २०८२

वीपी संग्राहलयमा नेविसंघका गुटहरुको द्वन्द्व, अलपत्र प्रशिक्षण



नेत्र तामाङ

वीपी संग्राहलयमा नेविसंघका गुटहरुको द्वन्द्व, अलपत्र प्रशिक्षण
फोटो : प्रवीन रानाभाट

काठमाडौं : आन्तरिक विवाद चर्किएपछि नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को आजको प्रशिक्षण कार्यक्रम सुरु हुन सकेको छैन। आज बिहान ८ बजेका लागि बोलाइएको कार्यक्रममा  संस्थापन पक्ष र संस्थापन विरोधी खेमाबीच सहमति हुन नसक्दा प्रशिक्षण कार्यक्रम अन्योल बनेको हो। 

सुन्दरीजलस्थित वीपी संग्राहलयमा हुन लागेको प्रशिक्षण कार्यक्रममा दुवै पक्षले केही मिटरको दुरीमा अलग अलग मञ्च बनाएर प्रशिक्षण दिन लागेका छन्। संगठनभित्र देखिएको गुटले उपस्थित विद्यार्थी भने अन्योलमा परेका छन्।

कार्यक्रममा अन्योलता देखिएपछि विद्यार्थी नेताहरु भने कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन्। प्रशिक्षण कार्यक्रममलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell