PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

नयाँबसपार्क पुलमुनि 'ब्राउन सुगर' बेच्दै गर्दा चार जना पक्राउ



पहिलोपोस्ट

नयाँबसपार्क पुलमुनि 'ब्राउन सुगर' बेच्दै गर्दा चार जना पक्राउ

काठमाडौं : अवैध लागू औषध बिक्री वितरण तथा ओसारपसार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त महाजगञ्जबाट खटिएको टोलीले सोमवार नयाँ बसपार्कस्थित आकाशे पुलमुनि बिक्री गरिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बर्दिया राजापुर ४ का ३० वर्षीय पंकज पुरी, नुवाकोट बागेश्वरी ५ का १८ वर्षीय प्रदीप लामिछाने, बर्दिया मधुवन ५ का २८ वर्षीय थिरबहादुर बस्नेत र गोरखा आरुचनौटे १ घर भएका ४७ वर्षीय किरण श्रेष्ठ रहेका छन्।

उनीहरूका साथबाट प्रहरीले साढे १३ ग्राम खैरो हिरोइन र १ लाख ३० हजार रुपैयाँ समेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell