PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

किशोरी बलात्कारका दोषीलाई ८ वर्ष कैद सजाय



रासस

भक्तपुर : चौध वर्षीया बालिकालाई बलात्कार गर्ने एक युवकलाई जिल्ला अदालत भक्तपुरले आठ वर्ष कैद सजाय सहितको फैसला गरेको छ। 

बालिका बलात्कार गर्ने सिन्धुली दुधौली नगरपालिका–५ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा डेरा गरी बस्दै आएका २१ वर्षीय विशाल सुनच्यौरीलाई जिल्ला अदालत भक्तपुरले आठ वर्ष कैद सजायको फैसला गरेको हो। 

अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले न्यायाधीश मातृकाप्रसाद मरासैनीको एकल इजलासले कैद फैसलाका साथै पीडकसँग क्षतिपूर्ति भराउने कुनै कुरा नभएकाले महिला बालबालिका कार्यालयमार्फत रु एक लाखको क्षतिपूर्ति भराउने फैसला भएको बताए। 

कक्षा ९ मा अध्ययनरत बालिकालाई सुनच्यौरीले २०७४ साल साउन २ गते राति करीब १० बजे दुवाकोटकै गोरे भण्डारीको मकैबारीमा लगेर बलात्कार गरेको खुल्न आएको हो। 

बालिकालाई बोलाएर एउटा कुरा गर्नुछ भनी मकैबारीमा लगेर आफूले भनेको नमाने मार्ने धम्की दिई बलात्कार गरेको सोही दिन घर पुगेपछि बालिकाले आमालाई बताएकी थिइन्। परिवारले साउन ३ गते प्रहरीमा किटानी जाहेरी दिएपछि महानगरीय प्रहरी बृत्त थिमिको टोलीले सोही दिन सुनच्यौरीलाई पक्राउ गरी जबर्जस्ती करणी मुद्दा चलाएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell