PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

युवतीहरुलाई एसिड भन्दै तर्साएर ३ लाख लुट : समातिए पूर्व प्रहरी ठकुरी



पहिलोपोस्ट

युवतीहरुलाई एसिड भन्दै तर्साएर ३ लाख लुट : समातिए पूर्व प्रहरी ठकुरी
प्रतीकात्मक तस्बिर

काठमाडौं : कालिमाटीमा रहको क्रिस्टल इन्टरप्राइजेजको काउन्टरबाट ३ लाख रुपैयाँ लुटेर फरार भएका आशंकामा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको  छ। 

सीसी क्यामरामा देखिएको हुलियाको आधारमा रौतहट घर भएका कैलाश ठकुरीलाई पक्राउ गरिएको हो।

वैशाख ९ गते बिहान कालिमाटी चोकमा रहेको क्रिस्टल इन्टरप्राइजेजमा रहेका दुई युवतीलाई पानीको बोतल देखाएर एसिड भन्दै ३ लाख रुपैयाँ लुटिएको थियो।

पक्राउ परेका ठकुरी पूर्व प्रहरी हुन्। उनले १३ वर्ष सेवा गरेको अनुसन्धानमा देखिएको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप कुमार क्षेत्रीले बताए।

पक्राउ परेका ठकुरीलाई प्रहरीले पोलिग्राफ टेष्टसमेत गराएको छ। चौधरीको पोलिग्राफमा टेष्टमा झुटा ठहरिएका छन्।

कम्पनीको काउन्टरमा रहेका कर्मचारी रुबिना कोइराला र अप्सरा थापालाई पैसा नदिए एसिड हान्ने धम्की दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell