PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

'टोले गुन्डा' गुरुङ पक्राउः नक्कली पेस्तोल देखाएर लाखौं रुपैयाँ असुल्थे



पहिलोपोस्ट

'टोले गुन्डा' गुरुङ पक्राउः नक्कली पेस्तोल देखाएर लाखौं रुपैयाँ असुल्थे

काठमाडौं: नक्कली पेस्तोल देखाई पैसा असुली गर्ने एक जना टोले गुन्डालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरी प्रहरी बृत महाराजगञ्जको टोलीले सोमबार गणेशस्थानबाट काठमाडौँ तारकेश्वर नगरपालिका बस्ने ३२ वर्षीय सुदिप गुरुङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहनकुमार थापाले जानकारी दिए।

गुरुङले नक्कली पेस्तोल देखाई नयाँ बसपार्क, सामाखुसी, बसुन्धारा क्षेत्रका सर्वसाधारण, व्यापारी तथा होटेल व्यवसायीहरूबाट पैसा असुल्ने गरेका थिए।

गुरुङको साथबाट प्रहरीले एक थान नक्कली पेस्तोलसमेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell