PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

प्रतिनिधिसभामा परराष्ट्रमन्त्रीको सम्बोधन: मोदीलाई काठमाडौं र जनकपुरमा अभिनन्दन गरिनेछ



पहिलोपोस्ट

प्रतिनिधिसभामा परराष्ट्रमन्त्रीको सम्बोधन: मोदीलाई काठमाडौं र जनकपुरमा अभिनन्दन गरिनेछ

काठमाडौं : पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे प्रतिनिधि सभालाई जानकारी दिएका छन्। शुक्रबार दुईदिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर र काठमाडौंमा अभिनन्दनसमेत गरिने उनले जानकारी दिए।

परराष्ट्रमन्त्री ज्ञवालीले भने, 'मोदीलाई काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दन हुन्छ।'

भारतीय समकक्षीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर जाने कार्यक्रम रहेको पराराष्ट्र मन्त्रीले जानकारी दिए। जनकपुरमा ‌ओली र मोदीबाट रामायण सर्किट र जनकपुर अयोध्या सिधा बस सेवा उद्घाटन हुने कार्यक्रम रहेको छ।

काठमाडौं आइपुगेपछि मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर दिइने छ। सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीलाईसमेत भेट्ने कार्यक्रम तय भएको छ। दोस्रो दिन मोदी मुक्तिनाथ जानेछन्।

मोदी भ्रमणकै सन्दर्भ जोडेर संसदमा कञ्चनपुर पुनर्वासको तारबार भारतीय सीमा सुरक्षा बलले भत्काएका विषयमासमेत सांसदहरुले प्रश्न उठाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell