PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न मुख्य अपहरणकारी पक्राउ



राधेश्याम पटेल

उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न मुख्य अपहरणकारी पक्राउ
फाइल फोटो

वीरगंजः वीरगंजका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न मुख्य दुई जना अपहरणकारीलाई प्रहरीले पक्राउ गरेको छ। 

पूर्वी चम्पारण प्रहरीले अपहरणकर्ता द्वय कुनाल सिंह र गोलु दुबेलाई मुज्जफरपुरबाट पक्राउ गरेको जनाएको छ।

मोतिहारी प्रहरीका एसपी उपेन्द्र शर्माकाअनुसार मुज्जफरपुरबाट दुबैलाई पक्राउ गरिएको हो।

मुज्जफरपुर, साहेबगंज निवासी गोलु र मुज्जफरपुर, अहियापुर, कोल्हुआ पैगम्बरपुरका कुनाल सिंहलाई चकिया थाना अध्यक्ष सन्जयकुमार सिंह, पिपराकोठी प्रहरीका अभिषेक रन्जन, सन्तोष कुमार, मधुवन प्रहरीका अमित कुमारलगायतको टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीको टोलीमाथि गोली प्रहार गरी भाग्न प्रयास गर्दासमेत पूर्वी चम्पारण प्रहरीले दुबैलाई पक्राउ गरेको उनले बताए।

बक्सर जेलबाट बब्लुले केडियाको अपहरण गराए

वीरगंजका उद्योगी सुरेश केडियाको मुख्य योजनाकार कल्याणपुर थाना, सिसवा खरार गाउँ निवासी मिथलेश दुबे उर्फ ‘बब्बुल दुबे’ थिए। उनको मृत्यु भइसकेको छ। गत वर्ष मे ११ का दिन बेतिया अदालत परिसरमा अज्ञात समूहको गोलीबाट उनको हत्या गरिएको थियो। तर त्यही बब्लु दुबे १०० करोडको फिरौती माग गर्दै कुनाल र गोलुमार्फत उद्योगी केडियाको बाराबाट अपहरण गराएका थिए। केडिया अर्गानाइजेसनका पदाधिकारीसमेत रहेका सुरेश केडिया गहुँ खरिदका लागि बाराको बरियारपुरबाट फर्किदै गर्दा उनलाई पासाहा पुल नजिकबाट अपहरण गरिएएको थियो। 

केडियाको गाडीमाथि गोली प्रहार गरी चालकलाई घाइते बनाई निजलाई भारतीय नम्बरको स्कापिर्यो गाडीमा राखी पचरौताको छौडादानो नाकाबाट बिहार छिराइएको थियो। तर मोतिहारी प्रहरी र बेतिया प्रहरीको टोलीले उद्योगी केडियालाई तीन दिनपछि मुज्जफरपुरको कोटवास्थित नेसनल हाइवेबाट उद्धार गरी नेपाल फिर्ता गरेको थियो। त्यसबेला आफुहरुले नै उद्योगी केडियाको अपहरण गरेको भन्ने बयान पक्राउ परेका कुनाल र गोलुले दिइसकेको मोतिहारी प्रहरीले जनाएको छ।

नेपाल प्रहरीलाई चूनौती दिन उद्योगीको अपहरण

सुरेश केडियाको अपहरणमा मात्र फिरौती कारण थिएनन्। मुख्य योजनाकार बब्लु दुबेको ईष्र्या पनि थियो। उनलाई नेपाल प्रहरीले काठाडौंबाट सन् २०१३ मा पक्राउ गरी बिहार पुलिसलाई बुझाएको थियो। नारायणी अञ्चल प्रहरी कार्यालय वीरगंजका प्रमुख एसएसपी सर्वेन्द्र खनाल(हालका प्रहरी महानिरीक्षक)को टोली उनलाई विशेष सूचनाको अधारमा पक्राउ गरी भारतीय प्रहरीलाई बुझाएको रिस साधेर उनले हाइप्रोफाइल अपहरणको योजना बनाएको पक्राउ परेका अभियुक्तहरुले बताएका छन्।

बब्लुको हत्यापछि ‘ग्याङ’

बब्दु दुबेको गत वर्ष हत्या भएपछि उनका नजिकका कुनाल र गोलुले उनको ‘बब्लु दुबे’ ग्याङ सञ्चालन गर्दै आएका थिए। गोलुले २०१४ मा रक्सौल रेल्वेका एक गार्डलाई अपहरण गरेको, साहेबगंजको तीन वटा डकैती मुद्दा र हत्या लुटपाटको घटनामा संलग्न छन्। दुबैले मिलेर बिहारको पूर्वी चम्पारणको रक्सौल, मोतिहारी, मुज्जफपुर, चकिया, पिपराकोठीलगायत र नेपाली सीमा विभिन्न अपराधिक घटना घटाउँदै आएको अनुसन्धानबाट खुलेको छ।

यो पनि पढ्नुहोस:
यी हुन् केडिया अपहरणमा संलग्न भएको आरोपमा पक्राउ परेका झा

केडिया अपहरण घटनामा हवल्दारसहित चार प्रहरी निलम्बित
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell