PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

भोजपुरी गायक सुनिललाई स्टेजमा भ्याइनभ्याइ



राधेश्याम पटेल

भोजपुरी गायक सुनिललाई स्टेजमा भ्याइनभ्याइ

‘धधध धन्कता हमरो करेजा
ए टेङ्ग्रके दिदी आव तनी सोझा
तोहरा के देखनी हम मोहनाके संगे रे, गन्ना के खेत में।’

पर्साका भोजपुरी गायक सुनिल पण्डितको यो गीत धेरैले मनपराएका छन्। अहिलेसम्म युट्युबमा २ लाखभन्दा बढीपटक हेरिएको छ। 

‘बाँझो खेतमा, छड्के सलाम छ...’ लयमा भोजपुरी ग्रामीण भेगको प्रेम प्रसंगलाई गीतमार्पmत् प्रस्तुत गरेका उनको यो मात्रै होइन–करिब एक दशकदेखि गाएका गीतहरु ‘हिट’ छन्। 

सुनिलको शुरुको गीत ‘माई रे...माई रे..., ब्लड प्रेसर, दिवाना इन्डिया नेपाल बा, सिन्दुर छ–पोते छ’ लगायतका गीत अति नै रुचाइयो। उनले मौलिक धुनमा स्थानीय कथा र विषयलाई गीतमार्पmत् पेश गर्छन्। 

गायनमामात्र हैन कमेडीका लागि पनि चिनिन्छन्, सुनिल।

पर्सा, जगरनाथपुर–५, झकरा, धर्मपुर निवासी ४५ वर्षीय सुनीललाई विगत दुई वर्ष यता भ्याइनभ्याइ छ। गतवर्ष रिलिज भएको उनले ‘हाइ ब्लडप्रेसर’ निकै चर्चित बन्यो। पर्साका तत्कालीन प्रहरी उपरिक्षक डा. राजुबाबू श्रेष्ठको गीत र छक्कापञ्जाका संगीतकार राजन शिवाकोटीको संगीतमा नेपाली र भोजपुरी भाषामा ‘प्यारी मेरो दिलैमा’ गीत गाएर पुनः चर्चामा आएका उनी भोजपुरीसँगै नेपाली गीतप्रतिको मोह प्रकट गरेका छन्।

सम्पन्न स्थानीय तह, प्रदेश र संघीय चुनावमा उनी विभिन्न कार्यक्रम र सभामा गीत गाउँदै राजनीतिक दलका लागि प्रचारमा व्यस्त थिए। तिनै सुनिललाई अब अन्तर्राष्ट्रिय मञ्च पनि पाउन थालेको छ। गत वर्ष इद पर्वको अवसरमा कतारको दोहामा प्रस्तुति दिएर भोजपुरी फ्यानहरुको मन जितेको बताउँछन्। 

भोजपुरी फिल्म जगतकी चर्चित अभिनेत्री भारतकी रानी चटर्जीसँगै उनको गायनयात्रा शुरु भएको हो। भोजपुरी गीत–संगीतमा भविष्य छैन भन्ने महसुस गर्दै आएका उनले पछिल्लोपटक आपूmसँग प्रतिभा भए पैसा पनि कमाउन सकिनेमा विश्वस्त भएका छन्। 

वीरगंज, सिमरा, जीतपुर, कलैया, हेटौंडा, निजगढ, गौर, चन्द्रनिगाहपुर,जनकपुर, काठमाडौंलगायत ठाउँमा उनको गीत–संगीतको चर्चा हुन्छ। 

हालका आईजिपी तथा तत्कालीन प्रहरी वरिष्ठ उपरिक्षक सर्वेन्द्र खनाल वीरगंज हुदाँ  बालविवाह तथा दाइजो उन्मूलन अभियानमा पनि सुनिलले पर्सा, बारा, रौतहटमा सहयोग गरेको कार्यलाई मूल्याकंन गर्दै उनी २०७२ सालमा राष्ट्रपतिबाट सम्मानित भएका थिए। त्यसैगरी उनलाई वीरगंज उद्योग वाणिज्य संघ र अन्य संघसंस्थाले सम्मान गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell