A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a923de7323c49.45764939): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a923de7323c49.45764939,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a923de80ef653.59078524): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a923de80ef653.59078524,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

एमडी भर्नामा निजी कलेजको मनोमानी : २२ लाखको भर्ना शुल्कमा ३१ लाखभन्दा बढी माग
PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

एमडी भर्नामा निजी कलेजको मनोमानी : २२ लाखको भर्ना शुल्कमा ३१ लाखभन्दा बढी माग



सागर बुढाथोकी

एमडी भर्नामा निजी कलेजको मनोमानी : २२ लाखको भर्ना शुल्कमा ३१ लाखभन्दा बढी माग

काठमाडौं: एमडी तहको कलेजको भर्नामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका निजी कलेजहरुले मनोमानी गरेका छन्। चितवनको चितवन मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, भैरहवाको भैरहवा मेडिकल कलेज र वीरगन्जको नेसनल मेडिकल कलेजहरुले चिकित्सा शास्त्र अध्ययन संस्थान ‌(आइओएम)ले तोकेभन्दा बढी शुल्क मागेको भर्ना गर्न पुगेका विद्यार्थीहरुले बताएका छन्।

एमडी तहको भर्ना शुल्क आइओएमले २२ लाख तोकेको छ। सुरुमा ११ लाख र बाँकी किस्तामा शुल्क बुझाउने आइओएमले काउन्सिलिङ गरेको छ। एमडी तहमा भर्ना गर्न ओपन हाउस काउन्सिलबाट छनोट भएर चितवन मेडिकल कलेज भर्ना गर्न पुगेका एक विद्यार्थीले कलेजले ३१ लाखभन्दा बढी मागेको बताए। भने, 'न केही कागज छ न कुनै शीर्षक त्यतिकै बढी शुल्क मागे। उनीहरु आइओएमले तोकिएको शुल्कमा भर्ना नगर्ने बताउँछन।'

उनका अनुसार एमडी तहमा भर्ना गर्न पुगेका १९ जना विद्यार्थीहरु बढी शुल्क मागेकाले भर्ना नगरी बसेका छन्। ती विद्यार्थीले भने, ' हामीले अन्य निजी कलेजमा पनि बुझ्यौ। त्यता पनि बढी पैसा मागेर साथीहरु तनावमा हुनुहुदोँरहेछ।'

त्यस्तै गण्डकी मेडिकल कलेज पोखरा भर्ना हुन पुगेका पुगेका अर्का विद्यार्थी कलेजले ३१ लाख भन्दा बढी मागेकाले भर्ना नगरेको बताए। भने ,'त्रिवीका निजी कलेज सबैले भर्नामा सिन्डिकेट गरेका रहेछन्। हामीले आइओएममा खबर गरेका छौँ। अब के गर्ने सबैसँग छलफल गरेपछि थाहा हुन्छ। हामी आइओएमले तोकेको भन्दा ११ लाख बढी तिर्न सक्दैनौ।'

अघिल्लो शैक्षिक सत्रमा त्रिवि कार्यकारी परिषद्ले विशेषज्ञ तह अध्ययनका लागि ३१ लाख रुपैयाँ शुल्क तोकेको थियो। संस्थानको चैत्र १२ गते बसेको बैठकले सो शुल्कबाट आठ लाख रुपैयाँ घटाएर २२ लाख लिने निर्णय गरेको थियो। त्रिवि अन्तर्गतका सात मेडिकल कलेजमा चिकित्साशास्त्रतर्फ विशेषज्ञ तहको पढाइ हुँदै आएको छ।

बढी भर्ना शुल्क माग गरेपछि विद्यार्थीहरुले आइओएम, नेपाल मेडिकल काउन्सिल, त्रिभुवन विस्वविद्यालय र अख्तियार दुरपयोग अनुसन्धान आयोगलाई निवदेन दिएका छन्।

आइओएमका डिन जगदीशप्रसाद अग्रवालका अनुसार निजी कलेजहरुले २२ लाखमा पढाउन नसक्ने भन्दै सर्वोच्चमा मुद्दा दर्ता गरेका छन्। मुद्दाको सुनुवाई भोलि हुदैंछ। अग्रवालले भने, 'हामीले त २२ लाखमै पढाउने भनेर अघिल्लो वर्षा ३१ लाखमा पढाइ भइरहेका कोर्सको भर्ना शुल्क  घटाउने निर्णय गरेका थियौ। उनीहरु अदालत गएका छन्। यस विषयमा फैसला भएपछि आधिकारीक धारणा राख्नेछौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell